अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा १५ जनाको मृत्यु
शनिबार, २० असोज २०८०, २१ : ०३
काबुल । पश्चिमी अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
यूएस जियोलोजिकल सर्भेका अनुसार इरानको सीमा नजिक रहेको पश्चिमी सहर हेरातभन्दा ४० किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको छ । स्थानीय समयअनुसार बिहान ११ बजे ६।३ म्याग्निच्युडको भूकम्प गएको सर्भेको भनाई छ ।
भूकम्पमा भवनहरूमा क्षति पुगेको र मानिसहरू भग्नावशेषमा दबिएको अफगान अधिकारीहरूको भनाई छ । पहिलो भूकम्पपछि कम्ती अन्य तीन शक्तिशाली भूकम्प गएको बताइएको छ ।
घटनामा घाइते भएकाहरूको सहरको मुख्य अस्पतालमा उपचार भइरहेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । गत वर्षको जुनमा पाकटिकामा ५.९ म्याग्निच्युडको भूकम्पमा जाँदा १ हजार जनाभन्दा बढीले ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण