शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
इजरायल घटना

इजरायलमा अलपत्र परेका नेपालीको सहयोगका लागि सरकारले तोक्यो सम्पर्क व्यक्ति

आइतबार, २१ असोज २०८०, २० : २४
आइतबार, २१ असोज २०८०

काठमाडौँ । सरकारले इजरायलमा अलपत्र परेका नेपालीको सहयोगका लागि सम्पर्क व्यक्ति तोकेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै  इजरायलमा अलपत्र परेका नेपालीहरुको आवश्यक जानकारी, सहयोग र सहजीकरणको लागि  सम्पर्क व्यक्ति तोकेको हो । 

सरकारले परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ । 

यस्तै नेपाली राजदूतावास इजरायलका राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । 

p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप