इजरायलको म्युजिक फेस्टिभल जहाँ २ सय ६० जनाको हत्या गरियो
तेल अभिभ । कयौँ सप्ताहदेखि संगीत प्रेमीहरु ‘सुपरनोभा म्युजिक फेस्टिभल’ को प्रतीक्षामा थिए । दक्षिणी इजरायलको एक मरुभूमिमा शनिबार यसको आयोजना गरिएको थियो ।
चरमपन्थी समूह हमासले शनिबार जब इजरायलमा हमला गरे, उनीहरुको सुरुवाती निशानामा यही संगीत फेस्टिभल थियो । इजरायलको उद्धार एजेन्सी जाकाका अनुसार हमासको आक्रमणमा यो एक्लो ठाउँमा अहिलेसम्म २ सय ६० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

हमासको आक्रमणको बाहिरिएको भिडियोमध्ये एउटामा मानिसहरू मरुभूमिमा दौडिरहेका देखिन्छ। यो भाइरल भिडियो यही संगीत महोत्सवको हो। घटनाका एक प्रत्यक्षदर्शीका अनुसार केही गडबड भएको पहिलो संकेत बिहान सबेरै रकेटको चेतावनी स्वरुप साइरन बज्दा आएको थियो।
उनले भने, ‘कसैले केही बुझ्नुअघि नै उनीहरुले बिजुली काटिदिए र एक्कासी कतैबाट उनीहरु बन्दुक लिएर भित्र पसे र चारैतिरबाट गोली चलाउन थाले । मानिसहरु भाग्न खोजे, कोही भागे र कोही भागेर आ–आफ्नो गाडीमा बसे तर जीपमा आएका बन्दुकधारीले गाडीमा गोली चलाउन थाले ।’ दौडिरहेका मानिसलाई समेत गोली हानेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण