रोकिएन नेप्सेको ओरालो यात्रा : १२ अंकले घटेको नेप्से सूचक १९ सयको विन्दुमा
काठमाडौँ । दोस्रो कारोबार दिन पनि नेप्से सूचक ओरालो लागेको छ । मार्जिन लेण्डिङको सीमा वृद्धि लगत्तै आइतबार ३५ अंकमाथिले घटेको नेप्से सूचक दोस्रो दिन थप १२ अंकले घट्न पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १२.५८ अंकले घट्दै १९ सय ८.६६ अंकमा झरेको हो । नेप्से सूचकसँगै आज कारोबार रकम समेत घट्न पुगेको छ । १२ अंकले सूचक घटेको यस दिन १ अर्ब १७ करोड रुपैयाँ बराबरको ४३ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज म्यानु एण्ड प्रो र ट्रेडिङ बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी आज जीवन बीमा समूहको उपसूचक १ प्रतिशतले घटेको छ भने बाँकी अरु समूहको उपसूचक १ प्रतिशत कमले घटेका छन् ।
यता म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक भने आज क्रमशः ०.०६ प्रतिशतले र ०.४९ प्रतिशतले बढेका छन् । आज सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ६.८८ प्रतिशतले बढेको छ भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण