इजरायलमा फेरि रकेट प्रहार, गाजामा बिजुली र इन्धनको आपूर्ति बन्द
जेरुसेलम । गाजाबाट सोमबार पुनः इजरायलमा रकेट प्रहार गरिएको छ । इजरायलको डिफेन्स फोर्स (आईडीएफ) ले हमलापछि खतराको साइरन बजाइएको जानकारी दिएको हो ।
यो साइरन जेरुसेलममा पनि सुनिएको थियो । बीबीसीका अनुसार त्यहाँ कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ । यद्यपि, यो विस्फोट रेकट ल्याण्ड भएर भएको हो वा इजरायलले त्यसलाई ध्वस्त गर्दा भएको हो भन्ने चाहिँ खुलेको छैन ।
यता, इजरायलका रक्षामन्त्री योआव गालेन्टले गाजा पट्टलाई पुरै घेराबन्दी गर्न आदेश दिएका छन् । उनले त्यहाँ बिजुली, रासन र इन्धनको आपूर्ति बन्द गरिएको पनि जानकारी दिएका छन् ।
गाजाको हवाई र तटीय क्षेत्रमा इजरायलको नियन्त्रणमा रहेको छ । इजरायले त्यहाँ हुने आपूर्तिलाई नियन्त्रण गर्दछ ।
प्यालेस्टिनी चरमपन्थी समूह हमासले शनिबार गाजाबाट इजरायलमा भीषण रकेट हमला गरेको थियो । इजरायलमा करिब ७ हजार रकेट प्रहार गरिएको हमासको दाबी छ ।
हमासको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको छ । अहिलेसम्म ७ सयभन्दा बढी इजरायली र ४ सयभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण