विद्युत् विधेयक संवैधानिक व्यवस्थाको मार्गदर्शन अनुरुप आएको छ : मन्त्री बस्नेत
सोमबार, २२ असोज २०८०, १८ : ५०

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले संवैधानिक व्यवस्थाको मार्गदर्शन अनुरुप नै विद्युत् विधेयक ल्याएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा विद्युत् विधेयक २०८० माथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले संवैधानिक व्यवस्थाले मार्गदर्शन गरे अनुरुप नै विधेयक ल्याइएको बताएका हुन् । उनले संविधानले उल्लेख गरेको सार्वजनिक, निजी र सामुदायिक साझेदारीको मार्गदर्शन अनुसार विधेयक आएको बताए ।
मन्त्री बस्नेतले विधेयकले कुनै एउटा पक्षलाई मात्रै समेटेर नहिँडेको बताए । सबै क्षेत्रलाई आ–आफ्नो प्रकारको जिम्मेवारी दिइएको उनको भनाई छ ।
मन्त्री बस्नेतले मन्त्रालयले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता विकाससँग सम्बन्धित विधेयक र जलस्रोत विधेयक ड्राफ्ट गरेर कानुन मन्त्रालयमा रायका लागि पठाइएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ केजी सुन बरामद
-
सर्लाहीमा साढे ४२ लाखको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा
-
गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल
-
जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण
-
सबै प्रतिपक्षलाई विश्वासमा लिएर सदन चलाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
-
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल