विद्युत् विधेयक संवैधानिक व्यवस्थाको मार्गदर्शन अनुरुप आएको छ : मन्त्री बस्नेत
सोमबार, २२ असोज २०८०, १८ : ५०
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले संवैधानिक व्यवस्थाको मार्गदर्शन अनुरुप नै विद्युत् विधेयक ल्याएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा विद्युत् विधेयक २०८० माथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले संवैधानिक व्यवस्थाले मार्गदर्शन गरे अनुरुप नै विधेयक ल्याइएको बताएका हुन् । उनले संविधानले उल्लेख गरेको सार्वजनिक, निजी र सामुदायिक साझेदारीको मार्गदर्शन अनुसार विधेयक आएको बताए ।
मन्त्री बस्नेतले विधेयकले कुनै एउटा पक्षलाई मात्रै समेटेर नहिँडेको बताए । सबै क्षेत्रलाई आ–आफ्नो प्रकारको जिम्मेवारी दिइएको उनको भनाई छ ।
मन्त्री बस्नेतले मन्त्रालयले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता विकाससँग सम्बन्धित विधेयक र जलस्रोत विधेयक ड्राफ्ट गरेर कानुन मन्त्रालयमा रायका लागि पठाइएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण