चिरख्वा हाइड्रोपावरको आईपीओ खुल्यो, कति दिन पाइन्छ आवेदन ?
काठमाडौँ । चिरख्वा हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि मंगलबारदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले मंगलबारदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि ८ लाख ५९ हजार ३ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यसअघि कम्पनीले १० प्रतिशत अर्थात् ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । कूल निष्कासन मध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता कर्मचारीकारीलाई बाँडफाँट गरिसकेको छ ।
साथै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता सेयर निष्कासन गरेको थियो । स्थानीले २ लाख ४ हजार ७ सय कित्ता सेयरको लागि मात्रै आवेदन दिएकाले बाँकी रहेको १ लाख ९५ हजार ३ सय कित्ता पनि थप गरेर कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको हो ।
इच्छुक लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने असोज २६ गतेभित्र दिइसक्नुपर्ने छ । तथापि, सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण