युद्धको नियमलाई सम्मान गर्न दुवै पक्षलाई टर्कीका राष्ट्रपतिको अपिल, मध्यस्थताको अफर
अंकारा । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोगानले इजरायल र हमासबिच जारी संर्घषका दौरान दुवै पक्षलाई युद्धको नियमलाई सम्मान गर्न अपिल गरेका छन् । अर्दोगानले भने, ‘इजरायलले प्यालेस्टिनी क्षेत्रमा बमबारी गर्न बन्द गर्नुपर्छ र प्यालेस्टाइनले इजरायली नागरिकमाथि उत्पीडन बन्द गर्नुपर्छ ।’
उनले थपे, ‘युद्धको पनि एउटा तरिका र नैतिकता हुन्छ । हामी प्यालेस्टिनी नागरिकमाथि इजरायलले गरेको उत्पीडनको विरुद्धमा छौँ त्यसरी नै हामी इजरायली नागरिकमाथि गरिएको हिंसाको पनि विरोध गर्छौँ । गाजामा जसरी अन्धाधुन्ध बमबारी गरी आम मानिस, महिला र बालबालिकाको हत्या गरिँदैछ त्यो मान्य छैन ।’
अर्दोगानले दुई पक्षबिच मध्यस्थताका लागि प्रस्ताव पनि पेस गरेका छन् । उनले भने, ‘हामी इजरायल र प्यालेस्टाइन दुवै पक्षलाई युद्धविरामको अपिल गर्छौँ । यसबाट शान्तिपूर्ण समाधानको बाटो खुल्छ । बन्दीहरूको अदलाबदलीसहित संघर्ष रोक्ने कुनै पनि मध्यस्थताको लागि हामी तयार छौँ ।’
इजरायली सेनाका अनुसार गत राति गाजामा २ सयभन्दा बढी स्थानमा गरिएको हमलामा अहिलेसम्म हमासका १५ सय चरमपन्थी मारिएका छन् । उता हमासको कारबाहीमा इजरायलमा कम्तीमा ९ सय जनाको मृत्यु भएको छ ।
इजरायलले गाजामा बिजुली, पानी, खानेकुरा र इन्धनको आपूर्ति बन्द गरेको छ । गाजामा २३ लाख मानिस बस्छन् जसमा ८० प्रतिशत जनता इजरायलसँग जारी दशकौँदेखिको तनावका कारण मानवीय सहायतामा निर्भर छन् । गाजामा हमास चरमपन्थीहरुको कब्जा भए पनि हवाई र समुद्री बाटो इजरायलको कब्जामा छ । उसले नै गाजामा के आउने र के बाहिर जाने कुरामा नियन्त्रण गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण