गाजामा १०० देखि १५० इजरायली नागरिक बन्धक
न्युयोर्क । संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत गिलाड अर्दानले गाजामा १०० देखि १५० इजरायली नागरिकलाई बन्धक बनाएको बताएका छन् । ती सबैलाई इजरायलबाट अपहरण गरिएको थियो। यसअघि यो संख्या दर्जनौँदेखि १०० सम्म रहेको बताइएको थियो ।
मंगलबार बिहान इजरायली सेनाका प्रवक्ता ड्यानियल हागारीले सेनाले बन्धक बनाएका ५० जनाको परिवारलाई यसबारे जानकारी गराएको बताए । यसबारे परिवारलाई जानकारी गराउन सेनाले थप जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेको उनले बताए ।
यता गाजामा मृत्यु हुनेको संख्या ७ सय नाघेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा मारिनेमा १०० भन्दा बढी बालबालिका र १०० भन्दा बढी महिला रहेको जनाएको छ । हिजोको आक्रमणमा करिब ३०० जनाको ज्यान गएको थियो, जसमध्ये दुई तिहाइ आम नागरिक थिए।
संयुक्त राष्ट्र संघले गाजाबाट टाढा रहेको ‘वेस्ट ब्याङ्क’ मा इजरायली सुरक्षा बलसँगको भिडन्तमा १७ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा चार बालबालिका रहेका छन् । वेस्ट ब्याङ्क गाजाबाट अलग छ र हमासको नियन्त्रणमा छैन। यस घटनामा २९५ जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण