भेप प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयबाट सीआईबीमा फिर्ता
काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलले फिर्ता पठाएको छ । निर्देशनसहित फाइल फिर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणी नेउपानेले रातोपाटीलाई बताए ।
गत शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सीआईबीको अनुसन्धानमा बयान अपुरो भएको भन्दै सरकारी वकिलले राहुल महरासहितका प्रतिवादीलाई थप बयान गराउन निर्देशन गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गोदामबाट भेप चोरी गर्ने काममा राहुलको संलग्नता भए–नभएको बारे अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई भनेको छ । निर्देशनमा भनिएको छ,‘प्रतिवादीहरुलाई इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएको सुन चोरीमा संलग्नताबारे थप बयान गराएर पेश गर्नुहुन् ।’
सीआईबीले पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुल महरासहित चार जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण