राष्ट्र संघका महासचिव गुटेरसको नेपाल भ्रमण स्थगित

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको तीन दिने नेपाल भ्रमण स्थगित भएको छ । महासचिव गुटेरस नेपालको तीन दिने भ्रमणका लागि २६ गते काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको थियो ।
इजरायल र प्यालेस्टिन समूह हमासबीचको युद्धका कारण उनले नेपाल भ्रमण स्थगित गरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । प्रवक्ता लम्सालले भनिन्, 'महासचिवको नेपाल भ्रमण हालका लागि स्थगित भएको हो । इजरायल र प्यालेस्टिन समूह हमासबीचको युद्धका कारण भ्रमण स्थगित भएको छ । भ्रमण छिट्टै हुन्छ । हामीले त्यसको तयारी गरिरहेका छौँ ।'
नेपाल भ्रमणका क्रममा उनको लुम्बिनी र पोखरा जाने कार्यक्रम तय भएको थियो । यस्तै शनिबार संयुक्त राष्ट्रसंघका महासचिवले संसद्को संयुक्त सभालाई सम्बोधन गर्ने तयारी पनि गरिएको थियो ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार