११ लाख ७३ हजार रुपैयाँ बराबरको अवैध सामानसहित मोटरसाइकल नियन्त्रणमा
बुधबार, २४ असोज २०८०, १३ : ३४

बाँके । बाँकेको जानकी गाउँपालिका २ बन्जाडेगाउँबाट सशस्त्र प्रहरीले करिब ११ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामानसहित तीन वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा, पर्दा, खाद्यान्य तथा किराना सामान नं. ३० बागेश्वरी गण बाँकेले नियन्त्रणमा लिएको हो ।
सामान ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै मोटरसाईकल र सामान छाडी फरार भएका थिए । बरामद सामान तथा मोटरसाईकल नेपालगंज भन्सार कार्यालय कार्यालय जमुनाह बाँकेमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक
-
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
-
रोकिएको आईपीएल आजबाट सुरु हुँदै, यस्तो छ तालिका
-
आज ३२ औँ मदन–आश्रित दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
'जब–जब शक्तिले न्यायिक क्रूरता फैलाउँछ, हामी काफ्का सम्झन्छौँ'