जनमत परित्याग गरी फेरि एमालेमै फर्किए किशोरी साह
जनकपुरधाम । नेकपा एमालेबाट चुनावमा टिकट नपाएर पार्टी परित्याग गरी जनमत पार्टीबाट पछिल्लो निर्वाचनमा चुनाव लडेका पूर्व प्रदेशसभा सदस्य किशोरी साह ‘कमल’ फेरि एमालेमा फर्केका छन् । चुनावको एकदिन अघि मात्रै जनमत प्रवेश गरी चुनाव लडेका उनी बुधवार पुनः एमालेमा फर्केका हुन् ।
उनलाई नेकपा एमाले मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याएका हुन् । अध्यक्ष ओलीले उनलाई टिका लगाएर गम्छा ओढाएका थिए ।
२०७४ मा धनुषाको प्रदेशसभा क्षेत्र १ (१) बाट नेकपा एमालेबाट विजयी भएका थिए । तर टिकट नपाएकै झोकमा उनले ०७९ को निर्वाचनमा जनमत पार्टीमा प्रवेश गरी प्रतिनिधिसभामा चुनाव लडेका थिए ।
चुनावमा पराजित भएका साह पुनः आफ्ना समर्थकसहित एमालेमा प्रवेश गरेका छन् ।
जनमतबाट चुनाव लड्दा पार्टीभित्र गुटबन्दी गरेको र आफ्नै नेता विरुद्ध अनर्गल प्रचारबाजी गरेको भन्दै उनलाई पार्टीले ब्ल्याक लिस्टेड गरेको पार्टी सचिव बिपी साहले बताए ।
चुनावपछि जिल्ला स्तरीय बैठकमा पूर्व सांसद साहले आफ्नै पार्टीका नेता कार्यकर्ताले घात गरेर चुनाव हराएको भनेपछि बैठकमै कुटाकुट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण