सिक्किम बाढी : सम्पर्कविहीन इलामका पाँच जनाको अवस्था अझै अज्ञात
विराटनगर । सिक्किममा ज्याला मजदुरी गर्न गएका इलामका ५ जना अझै सम्पर्कविहीन छन् । उनीहरुको अवस्था अज्ञात रहेको इलामस्थित प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
सम्पर्कविहीन हुनेमा इलाम नगरपालिका–९ का ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, नरमायाका श्रीमान् २८ वर्षका कुमार बस्नेत र छोरी ९ वर्षीय खुसी बस्नेत तथा ४० वर्षीय सेनबहादुर कार्की ‘सानु’ रहेका छन् ।
उनीहरु सिक्किमको लाचेम, थम्बु तथा गोलाखर्कमा निर्माण कार्यमा ज्याला मजदुरीका लागि झण्डै दुई महिना अगाडि गएका थिए । दसैँमा आउने उनीहरुको तयारी थियो ।
इलामका प्रजिअ पोखरेलका अनुसार उनीहरु काम गर्न गएको स्थान गत असोज १७ गते टिष्टा नदीमा आएको बाढीबाट सुरक्षित क्षेत्र रहेको भन्ने जानकारीमा आएको छ । त्यसैले, उनीहरु सुरक्षित रहेको हुन सक्ने भएकाले आशा गर्ने अवस्था छ ।
‘हामीले गृहमन्त्रालयलाई पनि ५ जना वेपत्ता भएको विषयमा पत्रमार्फत् जानकारी पठाएका छौं,’ पोखरेलले भने, ‘अहिलेसम्म उहाँहरुको अवस्थाबारे कुनै जानकारी भने आएको छैन ।’
वेपत्ता रहेका सेनबहादुर कार्कीकी श्रीमती टीका कार्कीले सुरक्षित स्थानमा रहेको भनेर केही खबर आए पनि अहिलेसम्म विश्वस्त हुन नसकिएको बताइन् ।
‘के हो के हो हामीले केही गर्न सक्ने अवस्था छैन । तपाई पत्रकारहरुले पनि सहयोग गरिदिनुहोला । उहाँहरु सम्पर्कविहीन भएको १० दिन भयो,’ उनले भनिन् ।
गत असोज १६ गते मङ्गलबार रातिबाट सिक्किमको उत्तरी भेगमा पर्ने ल्होनक हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षा भएपछि लाचेन उपत्यकाको टिष्टा नदीमा एकाएक पानीको सतह बढेको थियो । बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेको अधिकारीहरूले बताएका छन् । काममा गएका नेपालीहरु पनि त्यहीँ परेको हुन सक्ने कतिपयले आशङ्का गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण