सङ्खुवासभामा डेंगु परीक्षण कीट अभाव
बुधबार, २४ असोज २०८०, २२ : ३४
किमाथाङ्का । सङ्खुवासभाको जिल्ला अस्पतालमा डेङ्गु रोग परीक्षण गर्ने कीट अभाव भएको छ । कीट अभावले बिरामीलाई मर्का परेको छ । अस्पतालमा बिरामीको सङ्ख्या भने बढिरहेकोछ ।
अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत विकास आचार्यका अनुसार अस्पतालमा आउने बिरामीले डेङ्गु परीक्षण सेवा नपाएर निजी अस्पताल जानुपर्ने बाध्यता छ । जिल्ला अस्पतालमा तीन दिनदेखि कीट सकिँदा डेङ्गु परीक्षणको काम रोकिएको हो । कीटका लागि स्वास्थ्य मन्त्रालय र कोशी प्रदेश कार्यालयमा माग गरिसकिएको छ ।
सङ्खुवासभामा साउन महिनायता डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालमा डेङ्गुका बिरामी बढ्दै गएपछि श्ययासमेत अभाव हुन थालेको छ । बिरामीलाई अस्पतालको ‘प्यासेज’ र सभाकक्षमा राखेर उपचार गर्नुपरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण