उद्धार
नेपाली विद्यार्थी ल्याउन बिहान ४ बजे इजरायलतर्फ उड्यो वायुसेवा निगमको विमान
बिहीबार, २५ असोज २०८०, ०९ : १७
काठमाडौं । इजरायलमा रहेका नेपाली नागरिक लिनका लागि नेपाल वायुसेवा निगमको विमान त्यसतर्फ प्रस्थान गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नेपाल वायुसेवा निगमको विमान बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको हो ।
गत शनिबार प्यालेस्टीनी विद्रोही समूह ‘हमास’ को आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सो घटनापछि सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थीलाई उनीहरुको माग बमोजिम नेपाल ल्याउने प्रक्रिया अघि बढाएको हो ।
घर फिर्तीका लागि इजरायलस्थित नेपाली दूतावासमा ३५० जनाको विवरण प्राप्त भइसकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण