प्रदेश
कांग्रेसका ८ सांसदहरूले गरे प्रदेश प्रमुखसामु हस्ताक्षर सनाखत, आङ्बोको दाबी खारेज गर्न माग
बिहीबार, २५ असोज २०८०, १८ : ३६

काठमाडौँ । गठबन्धनको निर्णय विपरीत कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेपाली कांग्रेसका सांसद केदार कार्कीसहितका आठ सांसदहरूले प्रदेश प्रमुखका सामु आफ्नो हस्ताक्षर सनाखत गरेका छन् ।
कार्कीसहित आठ सांसदसहितको हस्ताक्षर लिएर नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उनीहरूले प्रदेश प्रमुख सामु हस्ताक्षर सनाखत गरेका हुन् ।
मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीले आफूहरू सशरीर उपस्थित भएर आफ्नो हस्ताक्षर सनाखत गरेकाले अन्य कुनै सदस्यले पेस गरेको दाबी झुटो भएकाले खारेज गर्न मागसमेत गरेका छन् । आफूहरूले आङ्बोको समर्थनमा हस्ताक्षर नगरेको बताउँदै उनले उक्त दाबीलाई खारेज गर्न निवेदनसमेत दिएका छन् ।
कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसदको समर्थन रहेको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमाञ्चक फाइनलमा पुनरागमन गर्दै अल्काराजलाई फ्रेन्च ओपनको उपाधि
-
प्रशिक्षकप्रति विश्वास गुमेको भन्दै लेवान्डोस्कीद्वारा राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा
-
‘यो करियर बनाउने समय हो, प्रेम गर्ने होइन’
-
सोमबार यी प्रदेशमा वर्षाको सम्भावना
-
सुनकोशी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
-
हेर्नुहाेस् साेमबारकाे राशिफल