भेप प्रकरणको थुनछेक बहस हेर्दाहेर्दैमा
काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको मुद्दामा राहुल महरा र लोकेन्द्रकुमार पौडेलको थुनछेक बहस बिहीबार नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
न्यायाधीश डण्डपाणि शर्माको इजलासमा बिहीबारदेखि थुनछेक बहस शुरु भएको थियो । भेप प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले राहुलसहित ४ जनालाई प्रतिवादी बनाएर संगठित अपराध र भन्सार छलीको मुद्दा दायर गरेको छ । पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुल र सर्लाही घर भएका लोकेन्द्र कुमार पौडेल थुनामा छन् । तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङ ६० किलो सुन प्रकरणमा अदालतको आदेशले केन्द्रीय कारागारमा थुनामा छन् । काठमाडौँ महानगरपालिका–६ बौद्ध घर भएका निमा गुरुङ भेपमा फरार प्रतिवादी हुन् ।
सरकारी वकिल र राहुलका कानुन व्यवसायीको बहस सकिएपनि लोकेन्द्र पौडेल तर्फका कानुन व्यवसायीको बहस बाँकी रहेको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण