इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या एक हजार ४१७ पुग्याे
बिहीबार, २५ असोज २०८०, २१ : ३२
गाजा । गाजामा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या एक हजार ४१७ पुगेको छ । अन्य छ हजार २६८ जना घाइते भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायलले बिहीबार पनि गाजा पट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ ।
इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले शनिबार गरेको ठूलो आक्रमणको प्रतिक्रियास्वरुप उक्त हवाई आक्रमण गरिएको हो ।
इजरायलको सार्वजनिक प्रसारक कानले इजरायली मारिनेको सङ्ख्या एक हजार ३०० भन्दा बढी पुगेको जनाएको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण