सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अभियान सकारात्मक तथा उपलब्धीमूलक : रामकुमारी झाँक्री

शुक्रबार, २६ असोज २०८०, १४ : ४४
शुक्रबार, २६ असोज २०८०

धनगढी । नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले समाजवादी जागरण अभियान जनतामा पार्टीप्रतिको स्वीकार्यता बढाउँदै सकारात्मक सन्देशसहित अगाडि बढेको  बताएकी छन् । शुक्रबार धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीले गरेको स्वागतका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै सचिव झाँक्रीले सो कुरा बताएकी हुन् ।

अभियानका क्रममा झापाको काकँडभिट्टादेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सहभागी हुँदासम्मको अनुभवका आधारमा उनले जनतासँग नेतृत्वले आमनेसामने हुँदै अन्तक्र्रिया गर्ने मौका पाएको र त्यसक्रममा पार्टी निर्माण, विचारधारात्मक विकास तथा रणनीतिक क्रियाशीलताका निम्ति नेतृत्वलाई प्रेरणा प्राप्त भइरहेको बताइन्। उनले भनिन्, ‘हामीले सबैजसो ठाउँमा जनतासँग कर्नर टक गर्ने मौका पायौं, जनताको कुरालाई नजिकबाट सुन्न पायौं ।’

पार्टी निर्माणको दुई वर्षका बीचमा यस किसिमको अभियान नचलाइएका कारण संगठित हुन चाहने मानिसहरुलाई संगठित गर्न नसकिएको र जिम्मेवारी व्यवस्थापनको कुरामा पनि पार्टी पछाडि परेको भन्दै अभियानले ती कुरा चिरेको बताइन् । उनले भनिन्, ‘अब पार्टी फरक ढंगले जान्छ भन्ने सन्देश अभियानले दिएको छ ।’

पार्टीको विद्यमान वैधानिक संरचना नेकपा (एमाले) को आठौं महाधिवशनले तय गरेको विधानअनुसार रहेको र त्यसले नेतृत्वमा नयाँ पुस्ताको उपस्थिति, भूमिका र क्रियाशीलतालाई सहज नबनाएको भन्दै अब पार्टीले त्यसलाई संशोधन गर्नुपर्ने कुरामा उनले जोड दिइन् ।  झाँक्रीलाई विमानस्थलमा संगठनका उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज नरेन्द्र भट्ट र प्रदेश कमिटीका उपाध्यक्ष हिक्मतसिंह ठकुरीले स्वागत गरेका थिए । पत्रकार भेटघाटमा संगठनका अध्यक्ष विश्वमणि सुवेदी, पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तरसिंह विष्ट, महासंघका प्रदेश सचिव हरि जोशीसहितको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप