मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

शेखर अनुपस्थित भएपछि कांग्रेस बैठक निष्कर्षविहीन

शुक्रबार, २६ असोज २०८०, १८ : ०५
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिनानिष्कर्ष टुंगिएको छ ।  नेता शेखर कोइराला अनुपस्थित भएपछि बैठक भोलि पुनः बस्ने गरी सकिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

 ‘बैठकमा आउँछु, आउँछु भन्दै शेखर कोइराला अनुपस्थित हुनुभयो। भोलि उहाँ बैठकमा आउनुहुन्छ अनि छलफल गर्छौँ,’ उनले भने ।

यस्तै विश्वकर्माले अहिले पार्टीलाई पनि मिलाउनु र गठबन्धन पनि जोगाउने विषयमा बैठकमा छलफल भएको बताए ।

‘कोशीमा कांग्रेस फुटिहालेको अवस्था होइन । उहाँले अहिले असन्तुष्टि जाहेर गरिराख्नुभएको छ । सबै असन्तुष्टि विभाजनमा जान्छन् भन्ने छैन । यसलाई व्यवस्थापन गर्न सक्छौँ भन्ने लागेको छ । आज शेखर दाइको अनुपस्थितिलाई हामीले प्रतीक्षाको रूपमा लियौँ । भोलि उहाँको उपस्थितिमा छलफल गर्छौँ । यसले विभाजनतिर लैजान्छ भन्ने अनुमान गरेका छैनौँ,’ विश्वकर्माले भने ।

आज दिउँसो बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग विकल्प नाम दिनभन्दा पनि शेखरले नमानेको विश्वकर्माकाे भनाइ छ ।  'प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई मुख्यमन्त्री दिन तयार छु । इन्द्र आङ्बाेलाई दाबी फिर्ता लिन लगाउँछु । तपाईँले नाम दिनुहोस् भन्नू भयो । त्यसपछि सभापतिले शेखर कोइरालालाई नाम दिन भन्नू भयो । उहाँले नाम दिन सक्नु भएन । भोलिसम्म दिनुहुन्छ होला,, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप