शेखर अनुपस्थित भएपछि कांग्रेस बैठक निष्कर्षविहीन
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिनानिष्कर्ष टुंगिएको छ । नेता शेखर कोइराला अनुपस्थित भएपछि बैठक भोलि पुनः बस्ने गरी सकिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।
‘बैठकमा आउँछु, आउँछु भन्दै शेखर कोइराला अनुपस्थित हुनुभयो। भोलि उहाँ बैठकमा आउनुहुन्छ अनि छलफल गर्छौँ,’ उनले भने ।
यस्तै विश्वकर्माले अहिले पार्टीलाई पनि मिलाउनु र गठबन्धन पनि जोगाउने विषयमा बैठकमा छलफल भएको बताए ।
‘कोशीमा कांग्रेस फुटिहालेको अवस्था होइन । उहाँले अहिले असन्तुष्टि जाहेर गरिराख्नुभएको छ । सबै असन्तुष्टि विभाजनमा जान्छन् भन्ने छैन । यसलाई व्यवस्थापन गर्न सक्छौँ भन्ने लागेको छ । आज शेखर दाइको अनुपस्थितिलाई हामीले प्रतीक्षाको रूपमा लियौँ । भोलि उहाँको उपस्थितिमा छलफल गर्छौँ । यसले विभाजनतिर लैजान्छ भन्ने अनुमान गरेका छैनौँ,’ विश्वकर्माले भने ।
आज दिउँसो बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग विकल्प नाम दिनभन्दा पनि शेखरले नमानेको विश्वकर्माकाे भनाइ छ । 'प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई मुख्यमन्त्री दिन तयार छु । इन्द्र आङ्बाेलाई दाबी फिर्ता लिन लगाउँछु । तपाईँले नाम दिनुहोस् भन्नू भयो । त्यसपछि सभापतिले शेखर कोइरालालाई नाम दिन भन्नू भयो । उहाँले नाम दिन सक्नु भएन । भोलिसम्म दिनुहुन्छ होला,, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण