मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सत्ताको अनुहार नफेरिएपछि नागरिकमा असन्तुष्टि बढ्यो : गगन थापा

शुक्रबार, २६ असोज २०८०, २३ : ११
शुक्रबार, २६ असोज २०८०

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ताको अनुहार नफेरिएपछि नागरिकमा असन्तुष्टि र आक्रोश बढेको बताएका छन् ।

 ‘नागरिक किन रिसाएका छन् ? त्योमध्ये नेपाली कांग्रेस पनि हो । एउटा विषय नेतृत्वको छ । इमानदारितापूर्वक भन्नुपर्छ, २०–२५ वर्षदेखि नेपालको मुख्य राजनीतिक दलको शीर्षमा ४ जना ५ जना मान्छे आलोपालो गरिकन शासन गरेका छन् । यो गठबन्धन भनेपनि उही, त्यो गठबन्धन भनेपनि उही । यता हेरेपनि उही, उता हेरेपनि उही । यसबाट नागरिक आजित भएका छन्,’ उनले भने, ‘२०४८ सालमा म नेविसंघको वडाको सचिव हुँदै गर्दा नेपाली कांग्रेस, एमाले, माओवादीको सबैभन्दा ठूलो नेताहरु जो हुनुहुन्थ्यो, आज पनि उनीहरु नै छन् । हामी बुढो भैसक्यौं, नेतृत्व कहिल्यै बुढो भएन ।’ 

थापाले अहिलेको सत्ता गठबन्धन केही नेताको प्राइभेट क्लब जस्तो भएको आरोप लगाए । ‘गठबन्धन ४–५ जना नेताको प्राइभेट जस्तो भएको छ । म कांग्रेसको महामन्त्री छु, कहिले काहीँ सुन्छु गठबन्धन दलको बैठक बस्यो रे भन्छन् । तर मलाई खबर छैन । यो गठबन्धन दलको होइन, गठबन्धन दलको नेताहरुको बैठक हो,’ उनले भने । उनले आगामी चुनावमा कुनै पनि हालतमा गठबन्धन नगर्ने बताएका छन् । चुनावपछि भने गठबन्धन गर्न सकिने उनले बताए । 

नागरिकहरुले कांग्रेस सत्यको पक्षमा उभियोस् भन्ने चाहना राखेको भन्दै २००७ सालको कांग्रेस निर्माणमा लाग्नुपर्ने बताए । उनले गठबन्धन सरकारमा जवाफदेहीना नभएको टिप्पणी गरे ।  

नयाँ दलहरुले नागरिकको असन्तुष्टि र आक्रोश बेचेर पार्टी चलाएका आरोप उनले थापाको छ ।  

नेपाली कांग्रेस गोरखाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी चुनावको प्रवाह नगरी काममा जुट्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् । अहिले नागरिक रिसाएका कारण खोजेर समाधान गर्नेतर्फ पार्टी पंक्ति लाग्नुपर्ने उनको सुझाव छ । 

थापाले केही राम्रो काम गरेपनि केही कामहरुबाट बदमासी कमाएको बताए । कांग्रेस महाधिवेशन २०८२ सालको पुसमा गर्ने घोषणा थापाले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप