मणिपाल अस्पताल तोडफोड गर्ने दुई जना जेल चलान
पोखरा । गत असोज ८ गते मणिपाल अस्पताल तोडफोडमा संलग्न भएको भन्दै २ जनालाई जेल चलान गरेको छ ।
असोज ७ गते लमजुङ सुन्दरबजार ६ कि ५७ वर्षीया सुकमाया दुरालाई स्वास्थ्यमा समस्या भएपछि मणिपाल अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा भोलिपल्ट मृत्यु भयो । चिकित्सकको लापर्बाहीका कारण दुराको मृत्यु भएको भन्दै आफन्तले चिकित्सकमाथि नै आक्रमण गरेका थिए ।
डाक्टरलाई कुटपिट गरेको र अस्पताल तोडफोड गरेको भन्दै प्रहरीले तत्कालै पोखराका विनय गुरुङलाई पक्राउ गर्यो । यही घटनाले देशव्यापी रुपमा स्वास्थ्यकर्मीहरु सडकमा ओर्लिएका थिए । दोषीमाथि कारबाही गर्ने सहमति पछि डाक्टरको आन्दोलन साम्य भएको थियो । प्रहरीले त्यसपछि तोडफोडमा संलग्नको सूची बनायो ।
९ जनालाई विभिन्न मितिमा पक्राउ गरेर स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अनुसार कारबाही अघि बढाइएको हो । सरकारी वकिल कार्यालयले पक्राउ परेकाहरु दोषी ठहर गर्दै अदालतमा रायसहितको फाइल पेस गरेको थियो । कास्की अदालतले उनीहरुमध्ये २ जनालाई जेल चलान गरेको छ भने बाँकीलाई १ लाख धरौटीमा रिहा गरेको छ ।
जेल चलान हुनेमा पोखरा १७ हनुमान टोलका छावा भन्ने सुशील कार्की र पोखरा ५ मालेपाटनका विनय गुरुङ छन् । पोखरा ४ का सञ्जय पीडित भनिने सुजित मुल्मी, पोखरा ५ का अभिनाश गुरुङ, सोही वडाका अरुण गुरुङ, पोखरा ९ का नितेश गुरुङ, ९ कै विवेक गुरुङ, पोखरा २० का मनिष थापा र पोखरा ११ का प्रदीप गुरुङलाई जनही १ लाख धरौटीमा रिहा गरिएको छ । उनीहरु तारेखमा छन् ।
पहिचान खुलेका १० जना र पहिचान नखुलेका अरु व्यक्तिहरु अझै फरार रहेका कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण