पोइट आइडल र म
खुद्रा कवितामा सपना देखाउँदै
नयाँ–नयाँ व्यापार सुरु हुँदैछ
कतिको सपना किन्न सक्छौ ?
भन व्यवसायी महोदयहरू !
किन्न सक्छौ आमाको ममता ?
किन्न सक्छौ वीरको तक्दिर ?
किन्न सक्छौ मेरो घर आँगन ?
किन्न सक्छौ ती बालापन ?
किन्न सक्छौ बौद्धिक खजाना ?
किन्न सक्छौ मेरो माटो ?
शिक्षकहरू कुटिए
डाक्टरहरू कुटिए
वकिलहरू कुटिए
पत्रकारहरू कुटिए
अव, बौद्धिक कुटिन्छन्
पैसाले खरिद गरिएपछि
मूल्य नअसुलेर के गर्छन् ?
म कविलाई विद्वान मान्छु
म थिङ्क ट्याङ्क मान्छु
म समाजको ऐना मान्छु
भन्नुस्, के म गलत हुँ ?
ऐना झुराझुरा हुने गरी फुटाएर
भन्नुस्, म कसरी हेरूँ ?
आफ्नो अजबको यी स्वरूप
मेरो स्वरूपलाई कुरूप भन्दिए
म कसरी हिँडूँ मूल बाटो ?
कसरी पछ्याऊँ गन्तव्य ?
कि लेखूँ तरबारको गीत !
म सक्दिन भग्नावशेषमा
कविताको महल बनाउन
खरिद बिक्री वस्तुको हुन्छ
म वस्तुमा देख्दिन कुनै भविष्य
मलाई हजुरले सके माफ गर्नुस्
चाहे बेकार या गलत ठान्नुस्
म पोइट आइडल बन्दिन !
हेलम्बु–६, सिन्धुपाल्चोक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण