शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
लघुकथा

माइतीघरको डर

शनिबार, २७ असोज २०८०, ११ : ३६
शनिबार, २७ असोज २०८०

“सर मेरो सरुवा गराई दिनु न ।” उसले हाकिम साहेबलाई अनुरोध गर्‍यो । 

“भन्ने बित्तिकै कसरी सरुवा गर्नु ? तिम्रो काम पनि राम्रो छ,  के भनेर सरुवा गर्ने अब । अफिसका कर्मचारीबाट पनि राम्रै सहयोग पाएका छौ । कहाँ जान मन लाग्यो ?”हाकिम साहेबले भन्नु भयो । 

“सबैको सहयोग पाएको छु सर । आफूले देखे जानेको गरेको छु । डेराबाट टाढा पनि होइन तर..” उ रोकियो । 

“तर के ? ” हाकिम साहेबले प्रश्न राख्नु भयो । 

“के हुनु सर, हामी सडकमा हिँड्ने मान्छे । भन्ने बित्तिकै रुट परिवर्तन गरेर टाढाको बाटो हिँड्न नभ्याउने । सधैँ जोखिम मोलेर माइतीघरको बाटो हिँड्नु पर्छ । आन्दोलन भइरहने हुनाले कुन दिन प्रहरीको लट्ठीले पुर्पुरो सेक्छ भन्ने डर । ” उसले समस्या सुनायो ।

पोखरा–७, मासबार, कास्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप