लघुकथा
माइतीघरको डर
शनिबार, २७ असोज २०८०, ११ : ३६
“सर मेरो सरुवा गराई दिनु न ।” उसले हाकिम साहेबलाई अनुरोध गर्यो ।
“भन्ने बित्तिकै कसरी सरुवा गर्नु ? तिम्रो काम पनि राम्रो छ, के भनेर सरुवा गर्ने अब । अफिसका कर्मचारीबाट पनि राम्रै सहयोग पाएका छौ । कहाँ जान मन लाग्यो ?”हाकिम साहेबले भन्नु भयो ।
“सबैको सहयोग पाएको छु सर । आफूले देखे जानेको गरेको छु । डेराबाट टाढा पनि होइन तर..” उ रोकियो ।
“तर के ? ” हाकिम साहेबले प्रश्न राख्नु भयो ।
“के हुनु सर, हामी सडकमा हिँड्ने मान्छे । भन्ने बित्तिकै रुट परिवर्तन गरेर टाढाको बाटो हिँड्न नभ्याउने । सधैँ जोखिम मोलेर माइतीघरको बाटो हिँड्नु पर्छ । आन्दोलन भइरहने हुनाले कुन दिन प्रहरीको लट्ठीले पुर्पुरो सेक्छ भन्ने डर । ” उसले समस्या सुनायो ।
पोखरा–७, मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण