शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरी गाजा छाडिरहेका सर्वसाधारणमाथि हमला, मारिनेमा अधिकांश महिला र बालबालिका

शनिबार, २७ असोज २०८०, १७ : ५६
शनिबार, २७ असोज २०८०

गाजा । शुक्रबार साँझ उत्तरी गाजाबाट निस्किएको प्यालेस्टिनी नागरिकको लस्करमा हमला भएको छ । बीबीसीका अनुसार यो हमला सलाह-अल-दिन रोडमा भएको बताएको हो। 

यो उत्तरी गाजाबाट दक्षिणतर्फ जाने दुईवटा निकासी मार्गहरू मध्ये एक हो, जसबाट नागरिकहरू गुज्रिरहेका छन्। इजरायली सेनाले उत्तरी गाजामा बसोबास गर्ने सर्वसाधारणलाई अपराह्न ४ बजेसम्म इलाका खाली गर्न भनेको थियो। त्यसपछि यी रुटहरूमा भीड लागेको थियो ।

शुक्रबारको सर्वसाधरणमाथि भएको आक्रमणपछि उपलब्ध फुटेजमा कम्तीमा १२ जनाको शव देखिन्छ । जसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । बालबालिका, जसमध्ये केही दुईदेखि पाँच वर्षका बीचका देखिन्छन्। 

फुटेजमा देखिने मानिसको छायाबाट स्थानीय समय अनुसार साँझ ५ः३० बजे रेकर्ड गरिएको देखिन्छ । तिनीहरूमध्ये धेरैजसो फ्ल्याटबेड ट्रकको पछाडि लडिरहेको देखिएको छ। अरूहरू सडकमा यता-उता छरिएका छन्। 

केही क्षतिग्रस्त सवारीसाधन पनि देखिन्छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यस घटनामा ७० जनाको मृत्यु भएको र यसको पछाडि इजरायलको हात रहेको बताएको छ । इजरायलको रक्षा बलले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप