उत्तरी गाजा छाडिरहेका सर्वसाधारणमाथि हमला, मारिनेमा अधिकांश महिला र बालबालिका
गाजा । शुक्रबार साँझ उत्तरी गाजाबाट निस्किएको प्यालेस्टिनी नागरिकको लस्करमा हमला भएको छ । बीबीसीका अनुसार यो हमला सलाह-अल-दिन रोडमा भएको बताएको हो।
यो उत्तरी गाजाबाट दक्षिणतर्फ जाने दुईवटा निकासी मार्गहरू मध्ये एक हो, जसबाट नागरिकहरू गुज्रिरहेका छन्। इजरायली सेनाले उत्तरी गाजामा बसोबास गर्ने सर्वसाधारणलाई अपराह्न ४ बजेसम्म इलाका खाली गर्न भनेको थियो। त्यसपछि यी रुटहरूमा भीड लागेको थियो ।
शुक्रबारको सर्वसाधरणमाथि भएको आक्रमणपछि उपलब्ध फुटेजमा कम्तीमा १२ जनाको शव देखिन्छ । जसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । बालबालिका, जसमध्ये केही दुईदेखि पाँच वर्षका बीचका देखिन्छन्।
फुटेजमा देखिने मानिसको छायाबाट स्थानीय समय अनुसार साँझ ५ः३० बजे रेकर्ड गरिएको देखिन्छ । तिनीहरूमध्ये धेरैजसो फ्ल्याटबेड ट्रकको पछाडि लडिरहेको देखिएको छ। अरूहरू सडकमा यता-उता छरिएका छन्।
केही क्षतिग्रस्त सवारीसाधन पनि देखिन्छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यस घटनामा ७० जनाको मृत्यु भएको र यसको पछाडि इजरायलको हात रहेको बताएको छ । इजरायलको रक्षा बलले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण