प्रधान सेनापति स्वदेश फिर्ता
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सिताराम खड्काले स्वागत गरेका थिए ।
बेलायतका सेना प्रमुख जनरल सर प्याट्रिक स्यानडर्सको औपचारिक निमन्त्रणामा यही असोज २१ गते उहाँ त्यसतर्फ प्रस्थान गरेका थिए । बेलायत भ्रमणका दौरान प्रधान सेनापतिले आफ्ना बेलायती समकक्षीसँग त्यहाँको सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट गरे ।
त्यस्तै उनले रोयल कलेज अफ डिफेन्स स्टडिज तथा रोयल मिलिटरी एकेडेमीको भ्रमण गर्नुका साथै ती शिक्षण संस्थाका कमान्डन्टहरुसँग भेट गरेका थिए । त्यस्तै उनले ब्रिगेड अफ गुर्खाजको हेडक्वार्टर को समेत भ्रमण गरेका थिए ।
यसैगरि बेलायतका लागि नेपाली महामहिम राजदुत ज्ञानचन्द्र आचार्यले प्रधान सेनापतिको सम्मानमा नेपाली राजदुतावासमा आयोजना गरेको रात्रि भोजमा सरिक भए । यसअघि उनले वेल्स, ब्रेकनस्थित सेनीब्रिज ट्रेनिङ एरियामा सञ्चालन भएको क्याम्ब्रियन पट्रोल अभ्यासमा सहभागी विभिन्न देशका सैनिक टोलीहरूलाई पुरस्कार वितरण समारोहमा सरिक भई पदक तथा प्रमाणपत्र वितरण गर्नुका साथै उक्त प्रतिस्पर्धात्मक अभ्यासमा सहभागी नेपाली सेनाको टोलीसँग भेटघाट गरेका थिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण