एनआरएनए निर्वाचनमा समावेशिता : डा केसीको टिममा को–को समेटिए ?
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा जान उम्मेदवारहरु टिमसहित मैदानमा खडा भएका छन् । जसअनुसार अध्यक्षका उम्मेदवार बद्री केसीले आफ्नो टिम करिब फाइनल गरेका छन् ।
डा केसीको समूहले उपाध्यक्ष पदमा एक जनाबाहेक सबै टुङ्गो लगाएको छ । यस्तै युवा उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायतका पदहरूमा पनि टुङ्गो लगाइसकेको छ। बाँकी टिम पनि छिट्टै टुङ्गो लगाउने केसी पक्षीय अभियन्ता तथा गैरआवासीय नेपाली संघ एनआरएनएका समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।
उनका अनुसार केसीको टीमबाट उपध्यक्षको उम्मेदवारमा डा हेमराज शर्मा, रामशरण सिम्खडा, डा विनोद श्रेष्ठ, चिरञ्जीवी घिमिरे, रोविन श्रेष्ठ, यासमिन बेगम सयदको नाम टुङ्गो लागेको छ। यस्तै युवा उपाध्यक्षमा रोशन थापा उम्मेदवार रहेका छन् ।
यसैगरी महासचिवमा गौरीराज जोशी उम्मेदवार रहँदा उपमहासचिवमा प्रमोद सिटौला र सन्तोषकुमार भट्टराई उम्मेदवार छन् । यस्तै सचिवहरूमा डा नवराज रोस्यारा, पारसमणि पोखरेल, राजेन्द्र पुडासैनी, यज्ञराज सुवेदी, डा ज्ञानेन्द्र रेग्मी र प्रकाश सापकोटा उम्मेदवार छन् ।
कोषाध्यक्षमा सुदन थापा, महिलाई संयोजकमा अनुजा प्रधान र युवा संयोजकमा सुपेन्द्र घिसिङ उम्मेदवार छन् ।
यसैगरी सहकोषाध्यक्षमा सीपी पौडेल, ददिबल खड्का, अभिमन्यु बस्नेत, मोहम्मद मुक्तदा र कृष्ण तिमल्सेनाको नाम आएको छ । यद्यपि अहिलेसम्म केही टुंगो नलागेपनि मिलाएर जाने कुरा भएको एक अभियन्ताले बताए ।
यद्यपि हालसम्म टुङ्गो लगाएका नामहरु, जातीय, क्षेत्रीय, लिंगीयका साथसाथै र राजनीतिक हिसाबले समेत समावेशी भएको सो समूहको भनाइ छ । सो टिममा कांग्रेस र कम्युनिस्टलाई समेटिएको छ । सबैलाई समेटिएकोमा आफ्नो टिम सशक्त रहेको सो समूहले दाबी गर्दै आएको छ ।
उम्मेदवारहरुमध्ये केसीलाई एमाले निकटका रुपमा लिइएपनि कांग्रेसदेखि कम्युनिस्टसम्म सबैलाई समेटेर टिम बनाइएकाले चुनाव आफ्नो पक्षमा आउने सो समूहले दाबी गरेको । तर, अर्का अध्यक्षका उम्मेदवार आरके शर्मा टिमले पनि उस्तै समावेशी भएको दाबी गर्दै आफ्नो पक्षमा नतिजा आउने दाबी गर्दै आएको छ । यस्तै काङ्ग्रेसहरूको बाहुल्यता रहेको महेश श्रेष्ठ समूहले पनि टिमलाई पूर्णता दिइरहेको छ ।
एनआरएनएमा २९ असोजसम्म मनोनयन दर्ताको समय छ, मनोनयन दर्ता खुला भएसँगै प्यानल र स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा भइरहँदा मुख्यतः केसी, शर्मा र श्रेष्ठको प्यानल बनेको हो। अध्यक्षमा रबिना थापाले समेत उम्मेदवारी दिने बताइएपनि उनको भने प्यानल देखिएको छैन ।
अध्यक्षका उम्मेदवार केसी युरोप क्षेत्रअन्तर्गत रसियाबाट प्रतिनिधित्व गर्छन् । उनको टिमको विश्लेषण गर्दा महिला, मुस्लिमदेखि पिछडिएको क्षेत्रसम्मका समुदायलाई उम्मेदवारमा समेटिएको अभियन्ता शर्माले बताए । समावेशिताका आधारमामात्र होइन सर्वपक्षीय हिसाबमा पनि केसीको टिम सन्तुलित रहेको उनको दाबी छ।
यसैगरी एसिया प्यासिफिक क्षेत्रअन्तर्गत जापान महेश श्रेष्ठको टिम रहेको हो । वर्तमान उपाध्यक्ष श्रेष्ठ कांग्रेसनिकट मानिन्छन् । उनको टिममा कांग्रेसको वर्चस्व रहेको भनिएपनि टिमलाई पूर्णता दिन बाँकी नै छ ।
यस्तै वर्तमान उपाध्यक्षसमेत रहेका आरके शर्मा मध्यपूर्वबाट प्रतिनिधित्व गर्छन् । उनको टिममा माओवादी र कांग्रेस निकटहरूको आबद्धता छ ।
चुनावी माहौल चल्दै गर्दा मनोनयन दर्ताको तीन दिनको अवधिमा मनोनयन भने धेरै परेको छैन । शनिबारसम्म जम्मा २४ जनाले मात्रै पूर्ण प्रक्रिया पुरा गरेर मनोनयन दर्ता गराएको एनआरएनए सचिवालयकी सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले जानकारी दिइन् । मनोनयन दर्ता आइतबार र सोमबार पनि जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण