माइतीघरमा आरती साहको परिवारको पक्षमा प्रदर्शन, तस्बिरहरु
काठमाडौँ । आरती साहको न्यायको माग गर्दै १२१ दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसिरहेका आरती साहका पिता, माता र भाइलाई शनिवार प्रहरीले नियन्त्रणमा लिएको विरोधमा आइतबार प्रदर्शन भएको छ ।
बृहत नागरिक आन्दोलनले आरति साहको परिवारको पक्षमा प्रदशन गरेको गरेको हो । शनिबार प्रहरीले ब्यानर च्यातेर धरपकड गर्दै धर्नास्थलबाटै साहका पिता, माता र भाइलाई नियन्त्रणमा लिएको थियो ।
धनुषाको नगराइन नगरपालिका–८ की आरती विनोदप्रसाद र निर्मलादेवीकी जेठी छोरी थिइन्।
आरतीको दुई वर्षअघि विवाह भएको थियो। गत जेठ ७ गते साँझ साढे ६ बजे विनोदप्रसादलाई आरतीका ससुरा मदनमोहन साहले फोन गरेका थिए। आरतीको स्वास्थ्य अवस्था खराब भएकाले जनकपुरको काव्या अस्पतालमा बोलाइएको थियो। तर उनीहरू अस्पताल पुग्दा आरतीको मृत्यु भइसकेको थियो। उनको हत्या भएको भन्दै दोषीमाथि कारबाहीको निरन्तर माग हुँदै आएको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण