मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघरमा आरती साहको परिवारको पक्षमा प्रदर्शन, तस्बिरहरु

आइतबार, २८ असोज २०८०, १७ : १०
आइतबार, २८ असोज २०८०

काठमाडौँ । आरती साहको न्यायको माग गर्दै १२१ दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसिरहेका आरती साहका पिता, माता र भाइलाई शनिवार प्रहरीले नियन्त्रणमा लिएको विरोधमा आइतबार प्रदर्शन भएको छ । 

 बृहत नागरिक आन्दोलनले आरति साहको परिवारको पक्षमा प्रदशन गरेको गरेको हो । शनिबार प्रहरीले ब्यानर च्यातेर धरपकड गर्दै धर्नास्थलबाटै साहका पिता, माता र भाइलाई नियन्त्रणमा लिएको थियो । 

धनुषाको नगराइन नगरपालिका–८ की आरती विनोदप्रसाद र निर्मलादेवीकी जेठी छोरी थिइन्।

आरतीको दुई वर्षअघि विवाह भएको थियो। गत जेठ ७ गते साँझ साढे ६ बजे विनोदप्रसादलाई आरतीका ससुरा मदनमोहन साहले फोन गरेका थिए। आरतीको स्वास्थ्य अवस्था खराब भएकाले जनकपुरको काव्या अस्पतालमा बोलाइएको थियो। तर उनीहरू अस्पताल पुग्दा आरतीको मृत्यु भइसकेको थियो। उनको हत्या भएको भन्दै दोषीमाथि कारबाहीको निरन्तर माग हुँदै आएको छ । 

photo_l-01photo_l-02photo_l-03photo_l-04photo_l-05photo_l-06photo_l-07photo_l-08photo_l-09photo_l-10
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप