गाजामा पानी आपूर्ति पुनः सुचारु भएको अमेरिकाको भनाई
आइतबार, २८ असोज २०८०, २० : ५७
न्यूयोर्क । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले दक्षिणी गाजामा पानी आपूर्ति पुनः सुचारु भएको बताएका छन् । उनले इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनलाई पानीका पाइपहरू फिर्ता ल्याइएको जानकारी दिएका हुन्।
जेक सुलिभानले सीएनएनको स्टेट अफ द युनियन कार्यक्रममा इजरायली अधिकारीहरूले उनलाई यो जानकारी दिएको बताए। इजरायली सेनाले ६ दिनअघि गाजालाई पूर्ण रूपमा घेरेको बताएको थियो । त्यसपछि उनीहरुले यस क्षेत्रमा खाद्यान्न र पानीको आपूर्ति बन्द गरेका थिए ।
जमिन आक्रमणको घोषणा गर्दै इजरायलले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख प्यालेस्टिनीहरूलाई दक्षिणतर्फ जान आग्रह गरेको छ। हजारौँ मानिस पैदल र सवारी साधनमा इलाका खाली गर्दै छन्। यद्यपि, हमासले प्यालेस्टाइनीहरूलाई यो आदेश बेवास्ता गर्न आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण