शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गाजामा पानी आपूर्ति पुनः सुचारु भएको अमेरिकाको भनाई

आइतबार, २८ असोज २०८०, २० : ५७
आइतबार, २८ असोज २०८०

न्यूयोर्क । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले दक्षिणी गाजामा पानी आपूर्ति पुनः सुचारु भएको बताएका छन् । उनले इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनलाई पानीका पाइपहरू फिर्ता ल्याइएको जानकारी दिएका हुन्।

जेक सुलिभानले सीएनएनको स्टेट अफ द युनियन कार्यक्रममा इजरायली अधिकारीहरूले उनलाई यो जानकारी दिएको बताए। इजरायली सेनाले ६ दिनअघि गाजालाई पूर्ण रूपमा घेरेको बताएको थियो । त्यसपछि उनीहरुले यस क्षेत्रमा खाद्यान्न र पानीको आपूर्ति बन्द गरेका थिए ।

जमिन आक्रमणको घोषणा गर्दै इजरायलले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख प्यालेस्टिनीहरूलाई दक्षिणतर्फ जान आग्रह गरेको छ। हजारौँ मानिस पैदल र सवारी साधनमा इलाका खाली गर्दै छन्। यद्यपि, हमासले प्यालेस्टाइनीहरूलाई यो आदेश बेवास्ता गर्न आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप