दसैँको अवसरमा खसीबोका प्रदर्शनी
गण्डकी । दसैँको अवसर पारी पोखरा महानगरपालिकाको आयोजनामा तेस्रो खसीबोका प्रदर्शनी गरिने भएको छ । बाख्रपालन व्यवसायलाई प्रोत्साहित गर्दै यसतर्फ आकर्षण बढाउने उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं २८ को सौर्यबजारमा यही असोज ३० गते खसीबोका प्रदर्शनी गर्न लागिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुुख नवराज अधिकारीले जानकारी दिए ।
यसअघि पनि सोही स्थानमा महानगरपालिकाको आयोजनामा २०७६ सालको दसैँ र गत वर्ष खसीबोका प्रदर्शनी गरिएको जानकारी दिदै उनले गत वर्ष स्थानीय किसानका ६५ वटा खसीबोका प्रदर्शनीमा राखिएको बताए ।
किसानले पालेका खसीबोकाको उचित मूल्यसहित बजारीकरणका साथै पशुपालनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न प्रदर्शनी आयोजना गरिएको उनले बताए । महानगरपालिकाले उक्त क्षेत्रमा व्यावसायिक बाख्रापालनका लागि अनुदान समेत उपलब्ध गराउँदै आएको छ ।
प्रदर्शनीमा कृषकले खसीबोका निःशुल्क राख्न पाउने व्यवस्था मिलाइएको छ । प्रदर्शनीमा एकै घरबाट धैरै सङ्ख्यामा र ठूला खसीबोका बोका ल्याउनेका लागि प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको व्यवस्था गरिएको प्रमुख अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण