साबिक विजेता इंग्ल्याण्ड अफगानिस्तानसँग स्तब्ध
नयाँ दिल्ली । साबिक विजेता इंग्ल्याण्ड एकदिवसीय विश्वकपको आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको छ । आइतबार भएको खेलमा इंग्ल्याण्ड ६९ रनले पराजित भएको हो ।
अफगानिस्तानले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ४०.३ ओभरमा २ सय १५ रन मात्र बनाउन सक्यो । योसँगै अफगानिस्तानले प्रतियोगितामा पहिलो जीत हासिल गर्न सफल भएको छ ।
इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ६६ रनको योगदान दिए । त्यस्तै डेविड मलानले ३२ तथा आदिल रसिदले २० रन बनाए । अन्त्यतिर मार्क वुडले १८ रन तथा रिस टोपलेले १५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।
अफगानिस्तानका लागि मुजिब उर रहमान र रसिद खानले ३–३ तथा मोहमद नाबीले २ विकेट लिए ।
यसअघि अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमानुल्लाह गुरुबाजले सर्वाधिक ८० रनको योगदान दिए । उनले ओपनर इब्राहिम जाडरानसँग मिलेर पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । जाडरानले २८ रन बनाए ।
जाडरान आउट भएपछि भने अफगानिस्तानले लगातार विकेट गुमाउँदै गयो । ११४ रनमा बिना कुनै विकेट गुमाएको स्थितिमा रहेको अफगानिस्तानले १७४ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो ।
त्यसपछि इक्रम अलिखिलले पाली सम्हाले । उनले ५८ रन बनाए भने उनलाई रसिद खानले २३ तथा मुजिब उर रहमानले २८ रन बनाउँदै राम्रो साथ दिए ।
इंग्ल्याण्डका लागि आदिल रसिदले ३ तथा मार्क वुडले २ विकेट लिए । तीन खेलमा इंग्ल्याण्डको यो दोस्रो हार हो । यसअघि इंग्ल्याण्ड पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण