प्रधानमन्त्री प्रचण्ड आज कैलाली आउँदै, के छ कार्यतालिका ?
धनगढी । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज कैलाली आउने भएका छन् । धनगढीमा आयोजना हुने समावादी मोर्चाको कार्यक्रममा सहभागिताका साथै यहाँको दुई पालिकाको भवन शिलान्यास तथा उद्घाटनको लागि प्रधानमन्त्री प्रचण्ड आउन लागेका हुन् ।
माओवादी केन्द्रका नेता वीरमान चौधरीका अनुसार प्रधानमन्त्री प्रचण्डको विहान ९ बजे धनगढी पुग्ने कार्यक्रम रहेको छ । उनी धनगढीबाट सिधै लम्की प्रस्थान गर्ने छन् ।
लम्कीमा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धञ्जलि सभामा सहभागी हुने र त्यसपछि घोडाघोडी नगरपालिकास्थित घोडाघोडी बहुमुखी क्याम्पसको भवन गर्ने र त्यसपछि गौरीगंगा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि दिउँसो करिब दुई बजे धनगढीमा आयोजना हुने समाजवादी मोर्चाको सभालाई सम्बबोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण