हमास–इजरायल द्वन्द्व : अमेरिकामा ६ वर्षीय मुस्लिम बालकको छुरा प्रहार गरी हत्या
इलिनाेइस । अमेरिकामा एक व्यक्तिले दुई जनालाई मुस्लिम भएको भन्दै छुरा प्रहार गर्दा एक बालकको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् । अमेरिकाको प्लेनफिल्डमा ७१ वर्षीय जोसेफ काजुबामाथि ६ वर्षीय बालकको हत्या र ३२ वर्षीया महिलालाई घाइते बनाएको आरोप लागेको हो ।
इलिनोइस क्याभिल काउन्टी सेरिफको कार्यालयले हमास र इजरायलबिच चलिरहेको द्वन्द्वका कारण पीडितहरूलाई लक्षित गरेको बताएको छ। काजुबालाई फर्स्ट-डिग्री हत्या, फर्स्ट-डिग्री हत्याको प्रयास, घृणा अपराध र बढ्दो आक्रमणको आरोप लगाइएको छ।
विल काउन्टी शेरिफको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा उनीहरूले शनिबार बिहान एक महिलाबाट आपतकालीन टेलिफोन प्राप्त गरे। घरधनीले आफूमाथि आक्रमण गरेको महिलाले बताइन् । महिलाका अनुसार उनी बाथरुममा लुकेकी थिइन्।
दुवै घाइतेलाई अस्पताल लगिएपनि बालकको मृत्यु भएको थियो । प्रहरी अनुसन्धानले बालकलाई २६ पटक छुरा प्रहार गरेको पाइएको छ । शेरिफको कार्यालयले भन्यो, ‘यस आक्रमणमा प्रयोग गरिएको चक्कु १२ इन्च सैन्य शैलीको चक्कु थियो जसमा सात इन्च ब्लेड थियो।’ आक्रमणमा गम्भीर घाइते भएकी महिला बाँच्ने अनुमान गरिएको छ ।
अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणबाट सुरु भएको द्वन्द्वमा हजारौँ सर्वसाधारण मारिएका छन् । इजरायलमा १४०० जनाको मृत्यु भएको छ भने गाजामा इजरायलको आक्रमणका कारण २४५० जनाको मृत्यु भएको छ भने १ हजार जना बेपत्ता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण