विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी नोलान
काठमाडौँ । सन् १९९६ को एकदिवसीय विश्वकप पाकिस्तान, भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना भएको थियो । त्यो विश्वकपमा १२ वटा राष्ट्रले सहभागिता जनाएका थिए । नेदरल्यान्ड्सले पनि त्यो विश्वकप खेल्ने अवसर पाएको थियो ।
यद्दपि, नेदरल्यान्ड्स प्रतियोगिताको नकआउट चरणमा पुग्न असफल भएको थियो । समूहगत चरणको आफूले खेलेको पाँचवटै खेलमा नेदरल्यान्ड्स पराजित भएको थियो । तर, त्यो विश्वकपमा नेदरल्यान्ड्सका एक खेलाडीले बनाएको कीर्तिमान अहिलेसम्म तोडिएको छैन ।
त्यो विश्वकपमा न्युजिल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दा नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान नोलान क्लार्कको उमेर ४७ वर्ष दुई सय ५७ दिन पुगेको थियो । त्यतिबेला उनी सबैभन्दा बढी उमेरमा एकदिवसीय विश्वकप खेल्ने खेलाडी बनेका थिए । उनको नाममा रहेको त्यो कीर्तिमान अहिलेसम्म पनि कायमै छ ।
त्यसअघि सबैभन्दा बढी उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमान जोन ट्राइकोसको नाममा थियो । इजिप्टमा जन्मिएका उनले दक्षिण अफ्रिका र जिम्बाबेका लागि क्रिकेट खेलेका थिए । उनले सन् १९८३ मा जिम्मेबावेका लागि विश्वकप खेलेका थिए । त्यो विश्वकपमा आफ्नो पहिलो खेल खेल्दा उनको उमेर ४४ वर्ष तीन सय ६ दिन पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण