रिलिजअघि नै विजय थलपतिको लियोले कमायो सय करोड भारु
काठमाडौँ । भारतीय सिनेमामा सय करोड क्लबलाई सफलताको मापदन्ड मानिँदै आएको छ । यो क्लबमा पुग्ने फिल्मलाई हिट मानिन्छ । ठूलो बजेट छ भने सय करोड भारुको कमाईलाई कम्तीमा पनि हिट हुने लक्षणका रुपमा हेरिन्छ ।
प्रदर्शनको एक दुई दिनमा यति कमाई गर्ने फिल्ममा आरआरआर र जवान आदि फिल्म छन् । रिलिज हुनु अघि नै सय करोड भारुभन्दा धेरै कमाइ गरेर अहिले एउटा फिल्म सबैको मुखमा झुन्डिरहेको छ ।
तर यो फिल्म बलिउडको होइन, दक्षिण भारतीय हो । थलपति विजयको अपकमिङ फिल्म लियोले रिलिज हुनु भन्दा दुई दिन अघि एड्भान्स बूकिङमा सय करोड भारुभन्दा धेरैको टिकट कमाएको छ । भारतीय बजारमा मात्रै सोमबारसम्म ४० करोड भारु बराबरको टिकट विक्री भएको छ । दुनियाँभरमा भने लगभग ९० करोड भारुको टिकट बेचिएको छ ।
मंगलबार बिहानसम्म विक्री सय करोड भारु नाघेको बताइएको छ । एड्भान्स बूकिङ शुरु भएको पहिलो दिनमै फिल्मले भारतमा २५ करोड र दुनियाभरमा ६० करोड भारु कमाएको थियो । फिल्मले बुधबार रातसम्ममा सलमान खानको पठान र शाखरुख खानको जवानको एड्भान्स बूकिङको रेकर्ड तोड्ने भविष्यवाणी ट्रेड ट्र्याकर सेकनिलकले गरेको छ । लियो अक्टोबर १९ मा रिलिज हुँदैछ । यस फिल्ममा सञ्जय दत्त, तृषा कृष्णन, अर्जुन सरजा आदिको पनि अभिनय रहेको छ । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण