चौथो ठुलो भारतीय फिल्म बन्ला शाखरुखको ‘जवान’ ?
मुम्बई। भारतीय अभिनेता शाहरुख खानको फिल्म जवान आफ्नो रेकर्डतोड दौडको संघारतिर छ । मातृ भाषाको रिलिजबाट मात्रै ६ अर्ब भारुभन्दा धेरै कमाएर इतिहासकै सबैभन्दा ठुलो भारतीय फिल्म बन्ला त जवान ? अहिलेसम्म जवानले सबै भाषाको रिलिजबाट भारतमा ६ अर्ब ३६ करोड कमाएको छ । यसमध्ये ६० करोड चाहिँ तमिल र तेलगुमा डब गरिएको भर्सनबाट भएको हो । फिल्मको हिन्दी कलेक्सन ५ अर्ब ७७ करोड भारु छ ।
फिल्म अहिले छैटौँ हप्तामा चलिरहेको छ । यति बेला फिल्मले अर्को २३ करोड भारु कमाएको देख्न पाउनु दुर्लभ हुनेछ । छैटौँ सप्ताहान्तमा फिल्मले ९ करोड भारु भन्दा धेरैको कमाई गरेको थियो । त्यो पनि शुक्रबार नेशनल सिनेमा डेको दिनमा छूटमा टिकट बेचिएकोले । रिलिज भएको ४० औँ दिनमा फिल्मले भारतभर ६० लाख भारु कमाएको छ । संसारभर भने फिल्मले ११ अर्ब ३८ करोड भारुको व्यापार गरेको रेड चिलिज इन्टरमेन्टले शेयर गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
जवान अहिले भारतको अलटाइम पाँचौँ ठुलो फिल्म हो । यो लाइफटाइम ग्लोबल ग्रसमा केजीफ–२ र आरआरआरको नजिकनजिक पुगेको छ । यी दुई फिल्मको जम्माजम्मी कमाई क्रमशः १२ अर्ब १५ करोड भारु र १२ अर्ब ३० करोड भारु छ । कमाइको आधारमा भारतको अलटाइम ठुलो फिल्म चाहिँ अमिर खानको दंगल र प्रभासको बाहुबली हो । यी दुई फिल्मको विश्वव्यापी कमाई क्रमशः २४ अर्ब र १७ अर्ब ८० करोड भारु छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण