नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान
मङ्गलबार, ३० असोज २०८०, २० : १२
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशमा बसोबास गर्दै आएका नेपालीको ज्ञान, सीप र पुँजीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा मन्त्री डा महतले भने, “नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन् अब ती क्षेत्रमा लगानी गर्न म आह्वान गर्दछु ।”
जलविद्युत्को विकासबाट नै देशलाई समृद्धिको मार्गमा अघि बढाउन सकिने यथार्थ दोहोर्याउँदै मन्त्री महतले निजी क्षेत्रबाट तीन सय मेगावाट विद्युत् उत्पादन भइरहेको अवस्थामा विदेशमा रहेका नेपालीले मातृभूमिको उन्नयनका निम्ति लगानी गर्नुपर्नेमा जोड दिए । उनले लगानीको प्रतिफल सुनिश्चित गर्ने ऐन कानुन रहेकाले निर्धक्क भएर पूँजी प्रवाह गर्न आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण