बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
बीरआई परियोजना

तेस्रो बीआरआई फोरमको उद्घाटन, नेपाल पनि सहभागी

बुधबार, ०१ कात्तिक २०८०, १० : ५६
बुधबार, ०१ कात्तिक २०८०

बेइजिङ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को तेस्रो फोरमको बुधबार बिहान राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्घाटन गरेका छन् । विश्वका एकसय ४० देशका सरकारी अधिकारी सहभागी सम्मेलनको राष्ट्रपति सीले बीआरआई परियोजनाको मुख्य आठ विषय प्रस्तुत गरेका थिए । 

सीले सिल्क रोडदेखि भूपरिवेष्टितबाट भू–जडित परियोजनालाई विश्वव्यापी बनाउने लक्ष्यमा अघि बढ्ने योजना रहेको जानकारी दिए । शान्ति, विकास र सहकार्यको परियोजनाले आगामी वर्षहरूमा पूर्वाधार र कनेक्टिभिटीमा काम गर्ने समेत जानकारी दिए ।  फोरमको प्रमुख अतिथिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बोधन गरेका थिए । राष्ट्रपति पुटिनले बीरआई परियोजना विश्वका देश र जनता जनताबिचको सम्बन्ध विस्तार गर्ने परियोजना भएको व्याख्या गरे ।

समारोहमा कागजस्थान, इन्डोनेसिया र अन्जेटिना राष्ट्रपतिको सम्बोधन रहेको थियो । दक्षिण एसियाबाट श्रीलङ्का राष्ट्रपति रनिल विक्रमासिंगे, पाकिस्तानका प्रधानमन्त्री अन्वर अल हक ककरलगायतका नेताहरू सहभागी छन् । बीआरआई परियोजनाले १० वर्षको बीचमा १० अर्ब डलरको लगानी गरेको छ भने ३ हजार भन्दा परियोजना सञ्चालन गरेको छ । विश्वका एकसय ५२ देश र ३२ वटा अन्तर्राष्ट्रिय संस्थाहरुसँग समझदारी भएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । पूर्वाधार निर्माणलगायत विकासका कामहरूमा विश्वका यति धेरै देश र संस्थाहरु समेटिएको बीरआरआई परियोजना भएको सञ्चारमाध्यमले जनाएको छ । सो सम्मेलनको समाचार सङ्कलनका लागि चिनियाँ र विदेशी गरी करिब ४ हजार सञ्चारकर्मीहरू बेइजिङमा सहभागी भएका छन् । 

नेपाल पनि सहभागी 
बीआरआईको तेस्रो फोरममा नेपालबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी भएका छन् । सत्ताधारी गठबन्धनका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि फोरममा सहभागी भएको बेइजिङस्थित नेपाल दूतावासले जनाएको छ ।  सन् २०१९ मा भएको दोस्रो फोरमको सम्मेलनमा नेपालबाट तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी थिइन् । सन् २०१७ मा आयोजना गरिएको पहिलो सम्मेलन तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महरा सहभागी भएको दूतावासले जनाएको छ । 

नेपालले सन् २०१७ मा बीआरआई परियोजनामा हस्ताक्षर गरेपनि हालसम्म कुनै परियोजनाका काम भने हुन सकेको छैन । नेपालले ३७ वटा परियोजना अगाडि सारेपनि चिनियाँ तर्फबाट ६ वटा परियोजनामा काम गर्ने प्रस्ताव गरेको थियो । हालसम्म ती ६ वटा परियोजनामा पनि उल्लेख्य प्रगति हुन सकेको छैन सकेको छैन । गत महिना नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा परियोजनालाई अगाडि बढाउने बारेमा छलफल भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप