मिसेस नेपाल वर्ल्डका प्रतियोगीले देखाए ट्यालेन्ट
काठमाडौंँ । ‘मिसेस नेपाल वर्ल्ड २०२३’ का प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् । राजधानीको धुम्बाराहीमा अवस्थित भ्वाईस अफ नेपालको स्टुडियोको आयोजित ट्यालेन्ट शो मा प्रतियोगीले आफूमा रहेको नृत्य, गायन, भाषण कला, मुक्तक, अभिनयलगायतका प्रतिभा देखाएका हुन् ।
पेजेन्ट निर्देशक निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीहरुले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने बताए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी कार्तिक २२ गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
रिवन इन्टरटेनमेन्टको आयोजनामा हुने ‘मिसेस नेपाल वर्ल्ड २०२३’ को ट्यालेन्ट शोमा अन्नपूर्ण पोष्टका प्रधानसम्पादक अखण्ड भण्डारी, कोरियोग्राफर जोगेन्द्र केसी, नायकद्वय गजित विष्ट र तेज गिरी तथा गायिका निशा देशार निर्णायक रहेका थिए । अश्विनीकान्त झाको कोरियोग्राफी रहेको प्रतियोगितामा आइना गजुरेल, देवी थापागुरुङ, पृथ्वीमाया थापा, मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुवेदी, सुष्मिता सिंह, निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखासिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेककुमारी घले, मङ्गली सिलवाल र सरु आरएल राणा प्रतियोगीको रुपमा सहभागी छन् । प्रतियोगिता सन्दीप भुजेलको डान्स कोरियोग्राफी तथा सम्राट शाह र गंगा महर्जनको संयोजनमा हुनेछ ।
प्रतियोगिता विजेताले आगामी २०२४ को जनवरीमा अमेरिकाको लसभेगासमा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । प्रतियोगितामा मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेता पनि छानिनेछ । जसले सिंगापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण