राजा बन्न जो दौडिए, तस्बिरमा हेर्नुहोस्

गोरखा । सुन्दा नि अचम्म लाग्न सक्छ, नेपालको एक मात्र ठाउँ जहाँ दौडिएर राजा बन्न पाइन्छ । हो, गोर्खाको पालुङटार नगरपालिकामा पर्ने लिगलिगकोटमा दौडिएर राजा बन्न पाइन्छ ।
इतिहास हेर्दा नेपाल एकीकरणअघिका बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो। पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भए पनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिँदै आएको छ।
विसं १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको हो। १६०४ सालको विजयादशमीका दिन पहिलो पटक १९ वर्षका दलसुर घले मगरले लिगलिगे दौड प्रतियोगिता जितेर राजा भएदेखि यहाँ दौडेर पहिलो हुने एक वर्षका लागि राजा बन्ने परम्परा बसेको थियो । मगर १६१५ सम्म लगातार दौड जितेर राजा बनेको इतिहास छ । १६१६ मा द्रव्य शाह दौडेर राजा भएपछि गोरखा राज्यमा शाह वंशको उदय भएको थियो ।
त्यसपछि यो परम्परा रोकिएको थियो । २०६७ सालदेखि सुरु भएको प्रतियोगितामा इलामका भूमिराज राई, धादिङका हरिप्रसाद रिमाल, रामेछापका समिर तामाङ, रामेछापकै कृष्ण बहादुर बस्नेत, पर्वतका अनिष थापामगर, धादिङका हरिप्रसाद रिमाल (दोश्रोपटक), र पर्वतका अनिष थापामगर (तेस्रो पटक) ले प्रतियोगिता जितेका छन् ।
प्रतियोगितामा पहिलो हुने प्रतियोगी एक दिनका लागि लिगलिगको राजा घोषित हुनेछन् । लिगलिगे दौडको दूरी १३.८ रहेको छ । गोरखा र लमजुङको सिमानामा पर्ने मर्स्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु हुने दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर समापन हुने गर्दछ। कोभिडका कारण विगत तीन वर्ष सञ्चालन हुन नसकेको प्रतियोगिताले यस वर्षदेखि निरन्तरता पाएको छ ।
११ औ संस्करणको लिगलिगे दौडमा खुला र विद्यालयस्तरको दुई विधामा प्रतियोगिता भएको छ ।खुला विधाको लिगलिगे दौड प्रतियोगितामा २०८०–८१ को लिगलिगे राजा खोटाङका गजेन्द्र राई भएका छन् । उनले चेपेघाट देखि लिगलिगकोट सम्म ५६ मिनेट ३६ सेकेन्डको समयमा पुगेका थिए । धावक राई त्रिभुवन आर्मी क्लबका खेलाडी सदस्य हुन ।
त्यस्तै बैतडीका नरेन्द्र रावत दोस्रो भएका छन् भने तेस्रो स्थान पर्वतका अनीश थापा मगर भएका छन् । त्यस्तै गरी विद्यालय विधातर्फ विमल परियार प्रथम, बादल कार्की दोस्रो र तेन्जेन रोका तेस्रो भएका छन् । लिगलिगे दौडमा अरू वर्षको तुलना यो वर्ष सहभागिता कम भएको लिगलिगे विकास अभियानका अध्यक्ष सञ्जीव राना मगरले बताए ।
मनिष अर्याल/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
पोखरामा एक युवकको हत्या
-
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँबिचको विवादले बजेट नै अन्योल
-
सुनमा पाइलैपिच्छे कर
-
सशस्त्र प्रहरीको मोटरसाइकलको ठक्करबाट मृत्यु - न राहत, न क्षतिपूर्ति