भारतलाई हराए बंगलादेशी खेलाडीसँग माछासहितको डिनर गर्ने पाकिस्तानी नायिकाको प्रस्ताव
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा बिहीबार भारतले बंगलादेशको सामना गर्दैछ । जारी विश्वकपमा हालसम्म आयोजक राष्ट्र भारत र साविक उपविजेता न्युजिल्यान्डले मात्र आफूले खेलेका तीनवटै खेल जितेका छन् ।
दुई बलिया टोली इङ्ल्यान्ड र दक्षिण अफ्रिकाले भने एक—एक खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वीसँग अप्रत्यासित हार भोगेका छन् । साविक विजेता इङ्ल्यान्डलाई अफगानिस्तानले ६९ रनले हराएको थियो । दक्षिण अफ्रिकी टोली भने नेदरल्यान्ड्ससँग ३८ रनले पराजित भएको थियो । यी दुई अप्रत्यासित नतिजापछि एक पाकिस्तानी नायिकाले बिहीबार हुने खेलमा बंगलादेशले भारतलाई हराउन सफल भएमा आफू बंगलादेशी खेलाडीहरुसँग खाना खान ढाका जाने प्रस्ताव राखेकी छन् ।
सेहर सिनवारी नामकी पाकिस्तानी नायिकाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत बंगलादेशी खेलाडीलाई यस्तो प्रस्ताव राखेकी हुन् । ‘मेरा बंगली बन्धुहरुले बिहीबार हुने खेलमा भारतलाई हराउन सफल भए भने म उनीहरुसँग माछाको परिकारसहितको भोजन गर्न ढाका आउने छु,’ उनले भनेकी छन् ।
जारी विश्वकपमा भारत र पाकिस्तानबिचको वहुचर्चित खेल यसअघि नै भइसकेको छ । उक्त खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो । भारत र बंगलादेशबिचको खेल भने बिहीबार पुणेमा खेलिने छ ।
InshAllah my Bangali Bandu will avenge us in the next match. I will go to dhaka and have a fish dinner date with Bangali boy if their team managed to beat India ✌️❤️ 🇧🇩
— Sehar Shinwari (@SeharShinwari) October 15, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण