आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सीमानाका वडा अध्यक्षहरुसँग सशस्त्र प्रहरीको अन्तरक्रिया

बुधबार, ०१ कात्तिक २०८०, २१ : १६
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । चीन र भारतसँग सीमाना जोडिएका वडाका अध्यक्षहरुसँग सशस्त्र प्रहरीले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । नम्बर–१ बराह बाहिनी मुख्यालय सुनसरीमा बुधवार आयोजित अन्तरक्रियामा ८० वडाका अध्यक्ष तथा प्रतिनिधीहरु सहभागी थिए ।

‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत नेपाल र भारतसँग सीमाना जोडिएका स्थानीय निकायका प्रतिनिधीहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बराह बाहिनीका निमित्त प्रवक्ता (एसपी) लोकेन्द्र सुवेदीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन बराह बाहिनीका डिआईजी अन्जनी कुमार पोखरेलले गरेका थिए । कार्यक्रममा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थानीय तह र समुदायको भूमिकाको पहिचान गरेर समन्वय र सूचना आदान प्रदान गर्नेबारे छलफल भएको छ । सशस्त्र प्रहरीले सीमा सुरक्षाबारे प्रस्तुतीकरण गरेको थियो ।

कार्यक्रममा सहभागी वडा अध्यक्षहरुले सिमानामा भएका समस्याहरुबो जानकारी गराएका छन् । लागुऔषध ओसार पसार र भन्सार छली नियन्त्रण गर्ने विषयमा सरोकारवाला निकायहरुको भूमिका सम्बन्धमा छलफल भएको छ ।

सीमापार अपराध र अवैध गतिविधि नियन्त्रणका लागी समन्वय गर्नेबारे स्थानीय निकाय र सशस्त्र प्रहरी अधिकारीहरुले छलफल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप