मध्यरातदेखि एनआरएनएको भोटिङ खुल्ने
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि केहीबेरपछि अर्थात राति १२ बजेदेखि अनलाइन भोटिङ खुला हुने भएको छ । एनआरएनएको अध्यक्ष पदमा आरके शर्मा, डा बद्री केसी, रविना थापा र महेश श्रेष्ठ रहेका छन् ।
यद्यपि निर्वाचनमा पहिलो पटक मध्यपूर्वबाट अध्यक्षको उम्मेदवार रहेका आरके शर्मालाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । अन्तिम समयमा उनलाई एकीकृत नेपालको सत्ता गठबन्धन दल निकट प्रवासी संघ संगठनहरुले समर्थन गरेका छन् । एकीकृत समाजवादी, जसपा, नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठनका साथै कांग्रेस निकट जनसम्पर्क मञ्चको ठुलो हिस्सा समेत आरकेको साथमा देखिएको हो ।
एमाले निकट प्रवासी संगठनको भने एमाले निकट उम्मेदवार बद्री केसीलाई रहेको छ । कांग्रेस भने चुनावमा विभाजित अवस्थामा पुगेको हो । कांग्रेसको एक ठूलो समूहले आरकेलाई समर्थन गर्दै गर्दा बाँकी समूह महेश श्रेष्ठ र बद्री केसीका साथै रविना थापातिर बाँडिएको हो ।
चुनावमा आरकेको पक्षमा श्रमिक वर्गको प्रतिनिधित्व गर्ने डेलिगेट्सहरु पनि देखिएका छन् । जसका कारण महाधिवेशन स्थल होटल सोल्टीदेखि विश्वभर माहोल देखिएको एक अभियन्ताले दाबी गरे । अनलाइन भोटिङका साथै होटल सोल्टीमा भेला भएका एनआरएनएहरुले पनि मतदान गरेसँगै निर्वाचन सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण