सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंंकका अध्यक्ष पाण्डेद्वारा शपथ ग्रहण

बिहीबार, ०२ कात्तिक २०८०, १६ : २३
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । बुधवार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका उनको शपथ भएको हो । 
 कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, कम्पनी सचिव राजेन्द्र लाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।
 सपथ ग्रहण पश्चात कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले गर्भनर लगायत उपस्थित सम्मपूणलाई धन्यवाद ज्ञापन गरे । यस्तै  अन्त्यमा गभर्नर अधिकारीले समसामयिक एवं समग्र बैकिङ्ग क्षेत्रको विषयमा धारण व्यक्त गरे । 
अध्यक्ष पाण्डे बैंकको १७ औं साधारण सभापश्चात बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप