शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

हुवावेले ६ हप्तामा बेच्यो १६ लाख थान मेट ६० प्रो

बिहीबार, ०२ कात्तिक २०८०, १७ : ०५
बिहीबार, ०२ कात्तिक २०८०

सेञ्झेन । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावे टेक्नोलोजिजले ६ हप्ताको अवधिमा १६ लाख थान मेट ६० प्रो स्मार्टफोन बेचेको छ । बजार अनुसन्धाता कम्पनी काउन्ट रप्वाइन्ट रिसर्चकाअनुसार पछिल्लो समय स्मार्टफोन बजारमा छाएको सुस्ततालाई हुवावेको उक्त फोनले गलत साबित गरिरहेको छ ।

गएको २ हप्तामा मात्रै ४ लाख भन्दा धेरै थान मेट ६० प्रो बिक्री भएका छन् । मुख्यभूमि चीनमा आइफोन निर्माता कम्पनी एप्पलले आइफोन १५ को सिरिज सार्वजनिक गरेपछि पनि त्यहाँ हुवाईको मेट ६० प्रोको माग उच्च छ । रिलिज भएको पहिलो १७ दिनमा आइफोन १५ को बिक्री आइफोन १४ को तुलनामा साढे ४ प्रतिशत कम रहेको काउन्टर रिसर्चले बताएको छ ।

हुवावेले अगष्टको अन्त्यमा मेट ६० प्रोको सरप्राइज लञ्च गरेको थियो । ठूला ब्रान्डको फोनको माग सुस्त रहँदा तेस्रो त्रैमासमा विश्वको स्मार्टफोन बजार ८ प्रतिशतले खुम्चियो । गत वर्षको सोही अवधिको तुलनामा यो वर्षको तेस्रो त्रैमासमा स्मार्टफोनको बिक्रीमा उछाल देख्न पाएका कम्पनीहरु हुवावे, अनर र ट्रान्सिन ग्रुप मात्रै हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप