हुवावेले ६ हप्तामा बेच्यो १६ लाख थान मेट ६० प्रो
सेञ्झेन । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावे टेक्नोलोजिजले ६ हप्ताको अवधिमा १६ लाख थान मेट ६० प्रो स्मार्टफोन बेचेको छ । बजार अनुसन्धाता कम्पनी काउन्ट रप्वाइन्ट रिसर्चकाअनुसार पछिल्लो समय स्मार्टफोन बजारमा छाएको सुस्ततालाई हुवावेको उक्त फोनले गलत साबित गरिरहेको छ ।
गएको २ हप्तामा मात्रै ४ लाख भन्दा धेरै थान मेट ६० प्रो बिक्री भएका छन् । मुख्यभूमि चीनमा आइफोन निर्माता कम्पनी एप्पलले आइफोन १५ को सिरिज सार्वजनिक गरेपछि पनि त्यहाँ हुवाईको मेट ६० प्रोको माग उच्च छ । रिलिज भएको पहिलो १७ दिनमा आइफोन १५ को बिक्री आइफोन १४ को तुलनामा साढे ४ प्रतिशत कम रहेको काउन्टर रिसर्चले बताएको छ ।
हुवावेले अगष्टको अन्त्यमा मेट ६० प्रोको सरप्राइज लञ्च गरेको थियो । ठूला ब्रान्डको फोनको माग सुस्त रहँदा तेस्रो त्रैमासमा विश्वको स्मार्टफोन बजार ८ प्रतिशतले खुम्चियो । गत वर्षको सोही अवधिको तुलनामा यो वर्षको तेस्रो त्रैमासमा स्मार्टफोनको बिक्रीमा उछाल देख्न पाएका कम्पनीहरु हुवावे, अनर र ट्रान्सिन ग्रुप मात्रै हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण