गाजाको नाकाबन्दी र बम आक्रमण मानवताविरुद्धको अपराध : राहुल गान्धी
नयाँ दिल्ली । भारतीय कांग्रेसका नेता राहुल गान्धीले गाजामा हजारौँ निर्दोष नागरिक र बालबालिकाको हत्यालाई ‘मानवता विरुद्धको अपराध भनेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रासन, पानी र बिजुली काटेर करोडौं जनतालाई सामूहिक सजाय दिनु मानवता विरुद्धको अपराध हो। हामासद्वारा निर्दोष इजरायलीहरूको हत्या र बन्धक बनाउने कार्य अपराध हो र यसको निन्दा गरिनुपर्छ। इजरायल र प्यालेस्टाइनबिचको हिंसाको चक्र बन्द गरिनुपर्छ।’
यसअघि, कांग्रेस पार्टीले गाजामा तत्काल युद्धविराम गर्न र मानवीय सहायता जान अनुमति दिन अपील गर्दै एक विज्ञप्ति जारी गरेको थियो।
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेको नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसले सबै पक्षहरूलाई अर्थहीन हिंसा र युद्ध बन्द गर्न र प्यालेस्टिनी जनताको आकांक्षा पूरा गर्न र इजरायलको सुरक्षा चिन्ता पनि सुनिश्चित गर्न वार्ता र कूटनीतिको बाटो अपनाउन अपील गरेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण