गाजाको नाकाबन्दी र बम आक्रमण मानवताविरुद्धको अपराध : राहुल गान्धी

नयाँ दिल्ली । भारतीय कांग्रेसका नेता राहुल गान्धीले गाजामा हजारौँ निर्दोष नागरिक र बालबालिकाको हत्यालाई ‘मानवता विरुद्धको अपराध भनेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रासन, पानी र बिजुली काटेर करोडौं जनतालाई सामूहिक सजाय दिनु मानवता विरुद्धको अपराध हो। हामासद्वारा निर्दोष इजरायलीहरूको हत्या र बन्धक बनाउने कार्य अपराध हो र यसको निन्दा गरिनुपर्छ। इजरायल र प्यालेस्टाइनबिचको हिंसाको चक्र बन्द गरिनुपर्छ।’
यसअघि, कांग्रेस पार्टीले गाजामा तत्काल युद्धविराम गर्न र मानवीय सहायता जान अनुमति दिन अपील गर्दै एक विज्ञप्ति जारी गरेको थियो।
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेको नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसले सबै पक्षहरूलाई अर्थहीन हिंसा र युद्ध बन्द गर्न र प्यालेस्टिनी जनताको आकांक्षा पूरा गर्न र इजरायलको सुरक्षा चिन्ता पनि सुनिश्चित गर्न वार्ता र कूटनीतिको बाटो अपनाउन अपील गरेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि