शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

दसैँमा स्वास्थ्य सम्बन्धी जानकारी चाहियो ? यी नम्बरमा फोन गर्नुहोस्

शुक्रबार, ०३ कात्तिक २०८०, १७ : १९
शुक्रबार, ०३ कात्तिक २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्वका बेलामा हुने असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेतो मासु, फलफूल, र रेसादार खानेकुराहरू सेवनमा जोड दिन तथा स्वास्थ्यमैत्री जीवनशैलीलाई आत्मसाथ गर्न अनुरोध गरिएको छ ।

यस्तै चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गरिरहेकाले सोको उचित व्यवस्था गरी नियमित औषधि सेवन गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । 

साथै सार्वजनिक विदाका दिनहरुमा पनि अस्पतालहरूमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितताका साथै आकस्मिक चिकित्सकीय समूह, आधारभूत आकस्मिक मेडिकल

प्राविधिक, एम्बुलेन्स आदि तयारी अवस्थामा राख्न राख्न लगाउन पनि मन्त्रालयले सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ । 

मन्त्रालयले स्वास्थ्य सेवा सम्बन्धी जानकारी आवश्यक भएमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हटलाइन नम्बरहरू १११५ र ११३३ उपलब्ध गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप