बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
दुर्घटना

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना

शुक्रबार, ०३ कात्तिक २०८०, १७ : ४९
शुक्रबार, ०३ कात्तिक २०८०

मकवानपुर । मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना भएको छ । शुक्रबार अपराह्न हेटौँडाबाट बागमती गाउँपालिकातर्फ जाँदै गर्दा मदन भण्डारी राजमार्ग (धरान चतारा सडक खण्ड) अन्तर्गत पर्ने बकैया–५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका हुन् ।

हेटौँडाबाट जुइना जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीन तले भन्ने स्थानमा ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ भने थप विवरण आउन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप