शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापति शर्मा चीन जाँदै

शुक्रबार, ०३ कात्तिक २०८०, १८ : ०१
शुक्रबार, ०३ कात्तिक २०८०

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा दसैँ सकिए लगत्तै चीन भ्रमणमा जाने भएका छन् । नेपाली सेनाका अनुसार बेइजिङमा आयोजना हुने १० औँ सियाङसान फोरममा सहभागी हुन प्रधानसेनापति शर्मा चीन जान लागेका हुन् ।

शर्मा कार्तिक १० देखि १६ गतेसम्म चीनमा रहनेछन् । फोरम भने कार्तिक १२ गतेदेखि १४ गतेसम्म आयोजना हुनेछ । यसअघि शर्माले गत असोज २१ गतेदेखि बेलायतको भ्रमण गरेका थिए । 

सियाङसान फोरम एसियाको सुरक्षा र रक्षा विषयमा छलफल गर्ने एक बहुपक्षीय संवाद प्ल्याटफर्म हो । चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता तथा शीर्ष कर्णेल वू स्यानले यस वर्षको फोरमको नारा ‘समान सुरक्षा, दीर्घकालीन शान्ति’ रहेको जानकारी दिएका छन् । यो वर्षको फोरम वैश्विक सुरक्षामा सहकार्यमा केन्द्रित हुनेछ भने फोरममा सबै पक्षलाई सुरक्षा चुनौती, समाधान र सहकार्यका विषयमा आफ्नो धारणा राख्ने अवसर प्रदान गर्ने उनले बताएका छन् ।

फोरममा ४० भन्दा बढी देशका अधिकारीहरूसहित अन्तर्राष्ट्रिय संस्था तथा विज्ञहरूको सहभागिता रहने बताइएको छ । यो फोरम सन् २००६ मा स्थापना भएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप